नेपाली बजारमा सुनको भाउ स्थिर, चाँदी बढ्यो

नेपाली बजारमा सुनको भाउ स्थिर, चाँदी बढ्यो तरुण खबर २२ श्रावण २०८२, बिहीबार १२:१२
नेपाली बजारमा सुनको भाउ स्थिर, चाँदी बढ्यो

काठमाडाैं, २२ साउन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्यमा कुनै परिवर्तन आएको छैन। छापावाल सुन प्रतितोला रु. १,९८,४०० मा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनकै मूल्य हो।

तर, चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ। आज चाँदी प्रतितोला रु. २,३१५ मा कारोबार भइरहेको छ, जुन बुधबारको तुलनामा रु. १० ले बढेको हो।