राष्ट्र बैंकका निर्देशक दहाल कार्यकारी निर्देशकमा बढुवा, भट्टको विभाग परिवर्तन

राष्ट्र बैंकका निर्देशक दहाल कार्यकारी निर्देशकमा बढुवा, भट्टको विभाग परिवर्तन तरुण खबर २२ श्रावण २०८२, बिहीबार १२:४१
राष्ट्र बैंकका निर्देशक दहाल कार्यकारी निर्देशकमा बढुवा, भट्टको विभाग परिवर्तन

काठमाडाैं, २२ साउन । नेपाल राष्ट्र बैंकका निर्देशक अनुज दहाल कार्यकारी निर्देशकमा बढुवा भएका छन्। मानव संसाधन व्यवस्थापन विभागले दहाललाई कार्यकारी निर्देशकमा बढुवा गरिएको जानकारी दिएको हो।

बढुवापछि दहाललाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ। उनी यसअघि वित्तीय संस्था सुपरिवेक्षण विभागमा कार्यरत थिए। राष्ट्र बैंकभित्र उनी एक जिम्मेवार, अनुशासित र दक्ष अधिकृतका रूपमा परिचित छन्।

यसैबीच, हालसम्म संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको नेतृत्व गर्दै आएका ऋषिकेश भट्टलाई वित्त व्यवस्थापन विभागमा सरुवा गरिएको छ। व्यवस्थापन तहमा भएको यो जिम्मेवारी हेरफेरले राष्ट्र बैंकको नीतिगत र प्रशासनिक कार्यसञ्चालनमा नयाँ गति दिने अपेक्षा गरिएको छ।