नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५: कुन ब्रान्डले ल्याए के, कति छ मूल्य?

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५: कुन ब्रान्डले ल्याए के, कति छ मूल्य? तरुण खबर २५ श्रावण २०८२, आईतवार ११:३१
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५: कुन ब्रान्डले ल्याए के, कति छ मूल्य?

काठमाडाैं, २५ साउन । राजधानीमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मोटरसाइकल प्रेमीका लागि आकर्षक गन्तव्य बनेको छ। साउन २१ गतेदेखि सुरु भएको यस एक्स्पोमा विभिन्न १५ ब्रान्डका दुई पाङ्ग्रे सवारी साधनहरू सार्वजनिक भएका छन्। यसपालीको एक्स्पोमा विशेषतः विद्युतीय सवारी साधनको बर्चस्व देखिएको छ।

बढ्दो इन्धनको मूल्य र वातावरणमैत्री विकल्पको खोजीमा रहेका उपभोक्तालाई लक्षित गर्दै कम्पनीहरूले आधुनिक प्रविधि, स्मार्ट फिचर, र आकर्षक डिजाइन भएका नयाँ मोडलहरू प्रस्तुत गरेका छन्। यी मोडलहरूमा स्मार्ट कनेक्टिभिटी, फास्ट चार्जिङ, जीपीएस, एआई र डुअल ब्याट्रीजस्ता सुविधा उपलब्ध छन्।

एक्स्पोमा सार्वजनिक भएका मुख्य सवारी साधन र तिनीहरूको मूल्य

केटीएम

केटीएमले एकैपटक ६ नयाँ मोडल सार्वजनिक गरेको छ, जुन नेपाली बजारका लागि नौलो हो।

  • ३९० एन्ड्युरो आर: रु. १० लाख
  • ३९० एड्भेन्चर एस: रु. १० लाख ७५ हजार
  • २०० ड्यूक (२०२५): रु. ५ लाख ९९ हजार ९००
  • २५० ड्यूक (२०२५): रु. ७ लाख १४ हजार ९००
  • ३९० ड्यूक (२०२५): रु. ९ लाख ४९ हजार ९००
  • २५० एड्भेन्चर: रु. ७ लाख ४९ हजार ९००

टीभीएस

टीभीएसले नयाँ आरटीआर ३१० प्रदर्शनमा राखेको छ भने लोकप्रिय एनटर्क १२५ स्कुटर दुई नयाँ रंगमा उपलब्ध गराएको छ।

  • एनटर्क १२५ (नयाँ कलर): रु. २ लाख ८२ हजार ९००
  • आरटीआर ३१०: मूल्य घोषणा गरिएको छैन।
  • आरआर ३१० (२०२५ भर्जन) र रोनिन (२ कस्टम मोडल): प्रदर्शनमा मात्रै।

बेनेली मोर्बीडेली

केटीएम इन्टरनेशनलले बेनेली ब्रान्डअन्तर्गत दुई एड्भेन्चर बाइक सार्वजनिक गरेको छ।

  • मोर्बीडेली २५२: रु. ५ लाख ७५ हजार
  • मोर्बीडेली ३५२: रु. ९ लाख ९७ हजार

याडिया इलेक्ट्रिक

याडियाले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल र एउटा स्कुटर सार्वजनिक गरेर विद्युतीय बजारमा आफ्नो उपस्थिति बलियो बनाएको छ।

  • किनेस (इलेक्ट्रिक मोटरसाइकल): रु. ६ लाख ६० हजार
  • भेलेक्स (इलेक्ट्रिक स्कुटर): सुरुवाती मूल्य रु. २ लाख ८५ हजार

बीजी इलेक्ट्रिक

अग्नि ग्रुपले चार नयाँ विद्युतीय स्कुटर सार्वजनिक गरेको छ, जसले नेपाली बजारमा नयाँ विकल्प थपेको छ।

  • आरयूभी ३५० आइइएक्स: रु. २ लाख ७९ हजार ४००
  • आरयूभी म्याक्स: रु. ३ लाख २५ हजार ३००
  • सी१२ आइइएक्स: रु. २ लाख २८ हजार ४००
  • सी१२ म्याक्स ३.०: रु. ३ लाख ४ हजार ९००

सेगवे

सेगवेले दुई इलेक्ट्रिक बाइक र दुई स्कुटर सार्वजनिक गरेको छ।

  • साइबर (इ–बाइक): रु. ५ लाख ५५ हजार
  • सफारी (इ–बाइक): रु. ३ लाख ५० हजार
  • ई१२५ एमके२ (स्कुटर): रु. ३ लाख ५० हजार
  • ई१५० एमके२ (स्कुटर): रु. ५ लाख

ट्रायम्फ

ट्रायम्फले आफ्ना दुई लोकप्रिय मोडलहरूलाई नयाँ रंगमा प्रस्तुत गरेको छ।

  • स्पीड ४०० (यलो कलर): मूल्य यथावत।
  • स्क्र्याम्बलर (रेड कलर): मूल्य यथावत।

सीएफ मोटो

सीएफ मोटोले एक्स्पोकै सबैभन्दा महँगो मोटरसाइकल सार्वजनिक गरेको छ।

  • ४५० एसआरएस: रु. १३ लाख ५० हजार
  • ३०० एनके: रु. ६ लाख ५४ हजार ९००

एथर र बजाज चेतक

यी दुई चर्चित ब्रान्डले एक-एक विद्युतीय स्कुटर सार्वजनिक गरेर विद्युतीय स्कुटरको बजारमा प्रतिस्पर्धा बढाएका छन्।

  • एथर रिज्टा: रु. ३ लाख ८३ हजार ५००
  • बजाज चेतक: रु. ३ लाख २४ हजार ९००