तरुण खबर
२५ श्रावण २०८२, आईतवार ११:४६
काठमाडाैं, २५ साउन । नेपाली बजारमा केही दिनअघि नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (आइतबार) सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर १ लाख ९९ हजार २०० रुपैयाँ तोकिएको छ। शुक्रबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेर १ लाख ९९ हजार ४०० रुपैयाँ पुगेको थियो।
यसैबीच, चाँदीको भाउ भने आज बढेको छ। महासंघका अनुसार, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर २ हजार ३३० रुपैयाँ पुगेको छ। हिजो चाँदीको भाउ तोलाको २ हजार ३२५ रुपैयाँ रहेको थियो।


