तरुण खबर
२५ श्रावण २०८२, आईतवार १२:३५
काठमाडाैं, २५ साउन । घरजग्गा व्यवसायीहरूले अब हदबन्दी छुटको जग्गामा घडेरी निर्माण गरी त्यसभित्र अपार्टमेन्ट वा घर बनाएर बिक्री गर्न पाउने भएका छन्। भूमि सम्बन्धी ऐन संशोधन गर्नका लागि संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले नयाँ विधेयकमा सहमति दिएपछि यो व्यवस्था लागू हुने भएको हो।
‘भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक’ मार्फत यो परिवर्तन गरिनेछ, जुन आजै समितिबाट पारित हुने तयारी छ। यसअघि हदभित्रको जग्गामा घरजग्गा निर्माण गरी बिक्री गर्न नपाउने कानुनी जटिलता थियो, जुन अब हट्नेछ।
नयाँ व्यवस्थाका मुख्य बुँदाहरू:
यो संशोधन सरकारले भू-उपयोग नीतिका कारण कृषियोग्य जमिनमा देखिएको जटिलता समाधान गर्न र पहिले नै अनुमति लिएका व्यवसायीहरूलाई राहत दिनका लागि ल्याएको हो। यसले घरजग्गा व्यवसायलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।


