तरुण खबर
२५ श्रावण २०८२, आईतवार १४:४८
काठमाडाैं, २५ साउन । एनएमबी बैंकले विद्युत् सवारी (ईभी) खरिदमा लगानी गर्न चाहने ग्राहकका लागि विशेष अटो लोन योजना घोषणा गरेको छ। यस योजनाअन्तर्गत ५ वर्षसम्म ८.८९ प्रतिशत निश्चित ब्याजदरमा ऋण सुविधा उपलब्ध गराइने भएको छ।
यस योजना अन्तर्गत सबै व्यक्तिलाई विद्युत् सवारी खरिदका लागि सजिलो कर्जा सुविधा दिइने छ। एनएमबी बैंकले वातावरण संरक्षणमा जोड दिँदै विद्युतीय सवारीहरूको प्रयोगलाई प्रोत्साहित गर्ने उद्देश्यले यो योजना ल्याएको जनाएको छ।
यसले न केवल वातावरणलाई संरक्षण गर्नेछ, तर ग्राहकलाई पनि आर्थिक रूपमा सहज बनाउने विश्वास बैंकको छ। थप जानकारीका लागि ग्राहकहरूले एनएमबी बैंकको नजिकको शाखा वा फोन नं. ०१-५७०७०७० र ईमेल call@nmb.com.np मार्फत सम्पर्क गर्न सक्नेछन्।
विद्युतीय सवारीमार्फत सफा र हरियो यात्रा गर्ने अवसर अब एनएमबी बैंकको यो विशेष अटो लोन योजनासँगै अझ सहज हुँदैछ।


