तरुण खबर
२५ श्रावण २०८२, आईतवार १५:०४
काठमाडौं, २५ साउन ।राजधानीमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को पाँचौँ दिन टीभीएस रोनिनको नयाँ मिडनाइट ब्लू रंग सार्वजनिक भएको छ। टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले यस नयाँ संस्करणको मूल्य ४ लाख ५९ हजार ९०० रुपैयाँ तोकेको छ।
कम्पनीले यसै अवसरमा एक्स्पोमा १५ हजार रुपैयाँको नगद छुट पनि दिने घोषणा गरेको छ, जसले ग्राहकहरूलाई थप आकर्षित गर्ने विश्वास लिइएको छ।
शक्तिशाली इन्जिन र आधुनिक फिचर
टीभीएस रोनिनमा २२५.९ सीसी क्षमताको इन्जिन जडान गरिएको छ, जसले ७७५० आरपीएममा २०.४ पीएस पावर र ३७५० आरपीएममा १९.९३ एनएम टर्क उत्पादन गर्छ। यसमा ५ स्पीड गियर ट्रान्समिसन र स्लीपर क्लचको सुविधा पनि छ, जसले राइडिङ अनुभवलाई सहज बनाउँछ।
डिजाइनको कुरा गर्दा, यसमा गोलो आकारको एलईडी हेडलाइट, ‘टी’ आकारको एलईडी डीआरएल (डे टाइम रनिङ लाइट) र क्लासिक डिजिटल स्मार्ट क्लस्टर जस्ता फिचरहरू छन्। साथै, भ्वाइस कमाण्ड फिचरले यसलाई अझ स्मार्ट र प्रिमियम बनाएको छ। यो नयाँ रंग र आकर्षक सुविधाहरूले रोनिनलाई नेपाली मोटरसाइकल बजारमा थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ।


