तरुण खबर
२६ श्रावण २०८२, सोमबार ११:५७
काठमाडाैं, २६ साउन । माबिलुङ इनर्जी लिमिटेडले आज सोमबारदेखि सर्वसाधारणका लागि आईपीओ (IPO) निष्काशन सुरु गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र विदेशमा रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँट गरिसकेको छ।
कम्पनीले कुल जारी पुँजीको ४८.९९९८ प्रतिशत अर्थात १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएका शेयरहरू बाँडफाँट भइसकेका छन्।
अब कम्पनीले बाँकी १३ लाख ५४ हजार २३५ कित्ता शेयर निष्काशन गरेको छ। यसमा ३० हजार ९५ कित्ता कर्मचारीका लागि र ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन छिटोमा साउन २९ गते र ढिलोमा भदौ ९ गतेसम्म खुला रहनेछ।


