बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन तरुण खबर २६ श्रावण २०८२, सोमबार ११:५९
बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं, २६ साउन । बुङ्गल हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो।

कम्पनीले कुल जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये, ८ करोड ३० लाख रुपैयाँ बराबरको ८ लाख ३० हजार ८२४ कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो।

उक्त शेयरको ६५ प्रतिशत हिस्सा अति प्रभावित क्षेत्र, सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला अन्तर्गत बुङ्गल नगरपालिका–६ (साविक पिपलकोट गाविस वडा नं ४, ५ र ७) र वडा नं ७ (साविक कफलसेरी गाविस वडा नं १०) का बासिन्दाहरूका लागि छुट्याइएको छ। बाँकी ३५ प्रतिशत हिस्सा सामान्य प्रभावित क्षेत्रका बुङ्गल नगरपालिका–१, २, ३, ४, ५, ८, ९, १० र ११ का बासिन्दाहरूलाई छुट्याइएको छ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। इच्छुक लगानीकर्ताहरूले आजभित्रै आवेदन दिइसक्नुपर्नेछ।