आज सुनको भाउ एक हजार रुपैयाँले घट्यो

आज सुनको भाउ एक हजार रुपैयाँले घट्यो तरुण खबर २६ श्रावण २०८२, सोमबार १२:०३
आज सुनको भाउ एक हजार रुपैयाँले घट्यो

काठमाडाैं, २६ साउन । नेपाली बजारमा आज (सोमबार) सुन र चाँदी दुवैको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको भाउ आज प्रतितोला एक हजार एक सय रुपैयाँले घटेको छ।

आइतबार प्रतितोला एक लाख ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एक लाख ९८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, चाँदीको भाउ पनि घटेको छ। आइतबार प्रतितोला दुई हजार तीन सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज प्रतितोला १५ रुपैयाँले घटेर दुई हजार तीन सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।