नेपाल इन्स्योरेन्सको हकप्रद भर्ने म्याद थपियो, अब भदौ २ सम्म आवेदन दिन सकिने

नेपाल इन्स्योरेन्सको हकप्रद भर्ने म्याद थपियो, अब भदौ २ सम्म आवेदन दिन सकिने तरुण खबर २६ श्रावण २०८२, सोमबार १२:०७
नेपाल इन्स्योरेन्सको हकप्रद भर्ने म्याद थपियो, अब भदौ २ सम्म आवेदन दिन सकिने

काठमाडाैं, २६ साउन । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ। अब लगानीकर्ताले भदौ २ गतेसम्म कम्पनीको हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले साउन ६ गतेदेखि हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत अनुपातमा हकप्रद शेयर निष्काशन गरिरहेको छ। यसअनुसार, जेठ २९ गतेसम्म नेप्सेमा कारोबार गरी कायम रहेका शेयरधनीहरूले १० कित्ता शेयर बराबर ३.४७८३ कित्ताको दरले हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो, जसको कुल मूल्य ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ रहेको छ।