पिपुल्स पावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

पिपुल्स पावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन तरुण खबर २६ श्रावण २०८२, सोमबार १२:०९
पिपुल्स पावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडाैं, २६ साउन । पिपुल्स पावर लिमिटेडले निष्काशन गरेको हकप्रद शेयरमा आवेदन दिने आज (साउन २६ गते) अन्तिम दिन हो। कम्पनीले असार २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा इच्छुक लगानीकर्ताहरूले आजभित्रै आवेदन दिइसक्नुपर्नेछ।

कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ५ कित्ताको अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर सार्वजनिक गरेको हो। यसको कुल मूल्य ३१ करोड ६३ लाख रुपैयाँ रहेको छ।

यो हकप्रदका लागि असार १ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर खरिद गरी कायम रहेका शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। हकप्रद शेयर निष्काशन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँबाट बढेर ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ।