पीपल्स स्टुडियोले ‘देशको सङ्गीत’ कार्यक्रम सम्पन्न गर्‍यो

पीपल्स स्टुडियोले ‘देशको सङ्गीत’ कार्यक्रम सम्पन्न गर्‍यो तरुण खबर २६ श्रावण २०८२, सोमबार १४:३३
पीपल्स स्टुडियोले ‘देशको सङ्गीत’ कार्यक्रम सम्पन्न गर्‍यो

काठमाडाैं, २६ साउन । पीपल्स स्टुडियोले ‘देशको सङ्गीत’ नामक साङ्गीतिक कार्यक्रम सम्पन्न गरेको छ। सिभिल मल, सुन्धाराको ‘कष्टमरी सटर’ मा आयोजित उक्त कार्यक्रममा विभिन्न कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए।

कार्यक्रममा रमन थामी, निर्मला घिसिङ, केशरी घर्ती, अनिश योजना, आरोह सी, सफल सोदारी, असल वाइबा र धिरज नाथजस्ता कलाकारहरूले आफ्नो कला प्रस्तुत गरेका थिए। उनीहरूलाई सुशीलसिंह ठकुरी, केशरलगायतका साङ्गीतिक टोलीले साथ दिएको थियो।

यस कार्यक्रमका लागि सहयोग शुल्क रु. १००० तोकिएको थियो। दिउँसो १:३० बजेदेखि सुरु भएको यो कार्यक्रमले दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेको थियो।