तरुण खबर
२७ श्रावण २०८२, मंगलवार १३:३५
काठमाडाैं, २७ साउन । गत आर्थिक वर्ष २०८१/८२ मा सात वाणिज्य बैंकहरूले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन्। माछापुच्छ्रे, कुमारी, सिद्धार्थ, सिटिजन्स, कृषि विकास, एभरेष्ट र सानिमा बैंकहरूले नाफा र अन्य आर्थिक सूचकांकमा विविध परिणाम देखाएका छन्।
माछापुच्छ्रे बैंकको खुद नाफा २ अर्ब १ करोड पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९२.४५ प्रतिशतले वृद्धि हो। बैंकको खराब कर्जा ३.८३ प्रतिशत छ भने चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ रहेको छ।
कुमारी बैंकले उल्लेख्य वृद्धि गर्दै २ अर्ब ११ करोड खुद नाफा कमाएको छ, तर वितरणयोग्य नाफा ऋणात्मक छ। बैंकको खराब कर्जा अनुपात ६.४२ प्रतिशत कायम छ।
सिद्धार्थ बैंकले ३ अर्ब ३९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ र वितरणयोग्य मुनाफा २२० प्रतिशतले बढेको छ। खराब कर्जा २.६२ प्रतिशत छ भने चुक्ता पुँजी १४ अर्ब रुपैयाँ आसपास रहेको छ।
सिटिजन्स बैंकको खुद नाफा १ अर्ब २९ करोड छ, जुन अघिल्लो वर्षभन्दा २.०८ प्रतिशतले घटेको हो। बैंकको खराब कर्जा ४.९४ प्रतिशत छ।
कृषि विकास बैंकको नाफा ४८.८८ प्रतिशतले बढेर ३ अर्ब ८२ करोड पुगेको छ। बैंकको खराब कर्जा ३.२६ प्रतिशत रहेको छ र त्यसै गरी एभरेष्ट बैंकले ४ अर्ब ९१ करोड खुद नाफा कमाएको छ, जुन ३२.८० प्रतिशतले वृद्धि हो। खराब कर्जा मात्र ०.३८ प्रतिशत रहेको छ।
सानिमा बैंकको खुद नाफा २ अर्ब ५७ करोड छ, ७.२४ प्रतिशतले वृद्धि भएको हो। खराब कर्जा ३.१ प्रतिशत रहेको बैंकले सार्वजनिक गरेको छ।


