तरुण खबर
२७ श्रावण २०८२, मंगलवार १३:४०
काठमाडाैं, २७ साउन । गण्डकी प्रदेश सरकारले प्रशासनिक खर्च कटौती गर्ने उद्देश्यका साथ ठूलो पुनर्संरचनाको निर्णय गरेको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका अनुसार, प्रशासनिक पुनर्संरचनाका लागि गठित अध्ययन समितिले दिएको सुझावका आधारमा ७ निर्देशनालयसहित ९ कार्यालयहरू पूर्ण रूपमा खारेज गरिएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको यो निर्णयले ३२ वटा कार्यालयलाई गाभेर १७ वटामा झारेको छ।
मुख्यमन्त्री पाण्डेले प्रशासनिक खर्च घटाउन यो कदम चालिएको बताएका छन्। उनले भने, “हाम्रो प्रशासनिक खर्चलाई कटौती गर्ने नै यसको मूल उद्देश्य हो।” उनले संरचना खारेज गर्दा वा गाभ्दा स्थायी कर्मचारीहरूको जागिर वा वृत्ति विकासमा कुनै असर नपर्ने गरी निर्णय गरिएको पनि स्पष्ट पारेका छन्। यो पुनर्संरचनाले १८५ कर्मचारी दरबन्दी कटौती गर्नेछ।


