सुनको मूल्य घट्ने क्रम जारी, चाँदीको मूल्य बढ्यो

सुनको मूल्य घट्ने क्रम जारी, चाँदीको मूल्य बढ्यो तरुण खबर २८ श्रावण २०८२, बुधबार १२:०३
सुनको मूल्य घट्ने क्रम जारी, चाँदीको मूल्य बढ्यो

काठमाडाैं, २८ साउन । नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट जारी रहेको छ। बुधबार पनि सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुनको मूल्य १ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको थियो।

अघिल्ला दिनहरूमा पनि सुनको मूल्यमा ठूलो गिरावट आएको थियो। आइतबार प्रतितोला २०० रुपैयाँ, सोमबार १,१०० रुपैयाँ र मंगलबार १,३०० रुपैयाँले घटेको थियो।

यता, चाँदीको मूल्य भने बुधबार बढेको छ। मंगलबार प्रतितोला २ हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३२५ रुपैयाँमा किनबेच भइरहेको छ, जुन प्रतितोला २० रुपैयाँको वृद्धि हो।