तरुण खबर
२८ श्रावण २०८२, बुधबार १२:२५
काठमाडाैं, २८ साउन । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) ले महासंघका उपाध्यक्ष हेमराज ढकाललाई नेपाल धितोपत्र बोर्ड (सेबोन)को सञ्चालक समितिमा आफ्नो प्रतिनिधिको रूपमा पठाएको छ।
महासंघले केही दिनअघि नै ढकाललाई सञ्चालक बनाउने निर्णय गरेको भए पनि उनी बाहिर रहेका कारण बुधबार (साउन २७ गते) मात्रै नियुक्त भएका हुन्। ढकाल महासंघको वस्तुगततर्फका उपाध्यक्ष हुन्।
बुधबार नवनियुक्त सञ्चालक ढकाललाई बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको सपथ खुवाएका छन्। यसअघि महासंघबाट महानिर्देशक गोकर्णराज अवस्थी सेबोनको सञ्चालक थिए। महासंघले उनलाई फिर्ता बोलाएपछि उक्त पद रिक्त रहेको थियो।


