सुनको मूल्यमा सामान्य वृद्धि, बिहीबार प्रतितोला १ लाख ९६ हजार ८०० रुपैयाँ

सुनको मूल्यमा सामान्य वृद्धि, बिहीबार प्रतितोला १ लाख ९६ हजार ८०० रुपैयाँ तरुण खबर २९ श्रावण २०८२, बिहीबार १२:१८
सुनको मूल्यमा सामान्य वृद्धि, बिहीबार प्रतितोला १ लाख ९६ हजार ८०० रुपैयाँ

काठमाडाैं, २९ साउन । लगातार केही दिन घटेपछि नेपाली बजारमा सुनको मूल्य बिहीबार सामान्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु. १ लाख ९६ हजार ८०० तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु. १०० बढी हो। बुधबार छापावाल सुन प्रतितोला रु. १ लाख ९६ हजार ७०० मा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बुधबार प्रतितोला रु. २ हजार ३२५ मा कारोबार भएको चाँदीको मूल्य आज रु. १५ ले बढेर प्रतितोला रु. २ हजार ३४० पुगेको छ।