तरुण खबर
२९ श्रावण २०८२, बिहीबार १२:३०
काठमाडाैं, २९ साउन । दरमखोला हाइड्रोपावर लिमिटेडको आईपीओ बिहीबार बिहान बाँडफाँट भएको छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा गोलाप्रथाबाट बाँडफाँट गरिएको हो।
कम्पनीको आईपीओमा परेका कुल २२ लाख ९६ हजार ४६५ आवेदनमध्ये २२ लाख ८३ हजार २२६ आवेदन सदर भएका छन् भने १३ हजार २३९ आवेदन बदर भएका छन्।
सदर भएका आवेदनमध्ये २ लाख ४२ हजार ३१८ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। भाग्यमानी ५ जना आवेदकले भने थप एक कित्ताका दरले ११ कित्ता शेयर पाएका छन्।
कम्पनीले गत साउन १५ देखि १९ गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर रु. १०० अंकित मूल्यका २४ लाख २३ हजार १८५ कित्ता शेयर निष्कासन गरेको थियो, जसको कुल मूल्य रु. २४ करोड २३ लाख १८ हजार ५०० थियो।


