प्रधानमन्त्री ओली एससीओ शिखर सम्मेलनमा सहभागी हुन चीन जाँदै, मोदीसँग भेटवार्ताको सम्भावना

प्रधानमन्त्री ओली एससीओ शिखर सम्मेलनमा सहभागी हुन चीन जाँदै, मोदीसँग भेटवार्ताको सम्भावना तरुण खबर २९ श्रावण २०८२, बिहीबार १२:४०
प्रधानमन्त्री ओली एससीओ शिखर सम्मेलनमा सहभागी हुन चीन जाँदै, मोदीसँग भेटवार्ताको सम्भावना

काठमाडाैं, २९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण गर्नुअघि चीन जाने भएका छन्। उनी सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन भदौ १४ गते चीन प्रस्थान गर्ने तय भएको छ।

एससीओ शिखर सम्मेलन भदौ १५ र १६ गते (अगस्ट ३१ र सेप्टेम्बर १) चीनको राजधानी बेइजिङमा हुँदैछ। उक्त सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरू सहभागी हुनेछन्।

सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति र भारतीय समकक्षी मोदीसँग साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

सन् २००१ मा क्षेत्रीय स्थिरता र सहयोग प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको एससीओमा हाल चीन, भारत, पाकिस्तान, रूस, इरान, बेलारुस, काजकस्तान, किर्गिस्तान, ताजिकिस्तान र उज्बेकिस्तान गरी १० सदस्य राष्ट्रहरू रहेका छन्।