तरुण खबर
३० श्रावण २०८२, शुक्रबार १२:१८
काठमाडाैं, ३० साउन । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मन्त्रालयका सचिवहरूबीच आज कार्यसम्पादन सम्झौता भएको छ। यस सम्झौताले मन्त्रालयको कामलाई अझ प्रभावकारी र जवाफदेही बनाउने अपेक्षा गरिएको छ।
अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री पौडेलले अर्थसचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक शोभाकान्त पौडेलसँग छुट्टाछुट्टै कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका छन्। यो सम्झौताले मन्त्रालयका पदाधिकारीहरूलाई तोकिएको जिम्मेवारी समयमै र गुणस्तरीय ढङ्गले पूरा गर्न प्रोत्साहित गर्नेछ।


