ओलीको भारत भ्रमणको तयारी: भारतीय विदेश सचिव मिश्री काठमाडौँमा

ओलीको भारत भ्रमणको तयारी: भारतीय विदेश सचिव मिश्री काठमाडौँमा तरुण खबर १ भाद्र २०८२, आईतवार ११:४५
ओलीको भारत भ्रमणको तयारी: भारतीय विदेश सचिव मिश्री काठमाडौँमा

काठमाडाैं, १ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई औपचारिकता दिन भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्री आइतबार बिहानै काठमाडौँ आइपुगेका छन्। उनको यो भ्रमणलाई प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणको तयारीका रूपमा हेरिएको छ।

काठमाडौँस्थित भारतीय दूतावासका अनुसार, सचिव मिश्रीले नेपालमा रहँदा केही उच्चस्तरीय नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। भारतले आफ्नो ‘छिमेक पहिले’ नीतिअनुसार यो भ्रमण भएको जनाएको छ।

नेपालमा नयाँ सरकार गठन भएको लामो समयसम्म भारतले प्रधानमन्त्री ओलीलाई स्वागत गर्न खासै चासो देखाएको थिएन। तर, पछिल्लो समय नेकपा एमालेभित्रको राजनीतिक समीकरणमा आएको परिवर्तन र बंगलादेश तथा पाकिस्तानसँगको सम्बन्ध बिग्रँदै गएकाले भारतले नेपाललाई नजिक राख्न चाहेको विश्लेषण गरिएको छ।

यसअघि पटकपटक भ्रमणको चाहना राख्दा पनि आमन्त्रण नगरेको भारतले अहिले आफैं विदेश सचिव पठाएर प्रधानमन्त्रीलाई निम्तो दिन थालेको छ। यस भ्रमणले नेपाल–भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।