तरुण खबर
१ भाद्र २०८२, आईतवार १२:०७
काठमाडाैं, १ भदाै । नेपालमा पहिलो पटक उड्ने ट्याक्सी र अत्याधुनिक रोबोटको प्रदर्शनी हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले ‘डिपाल ई-भीटिओएल’ नामक उड्ने ट्याक्सी र ‘युनिट्री’ रोबोटहरू काठमाडौं आइपुगेको घोषणा गरेको छ। यसलाई नाडाले प्राकृतिक जोखिम र अन्य चुनौतीहरू पार गर्दै हासिल गरिएको एक ऐतिहासिक सफलता मानेको छ।
यी अत्याधुनिक प्रविधिहरू भदौ ३ देखि ८ गतेसम्म (अगस्ट १९ देखि २४, २०२५) काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने १७ औं नाडा अटो शोमा प्रत्यक्ष अवलोकनका लागि राखिनेछ। नाडाले यो प्रदर्शनी केवल सवारी साधनको मात्र नभई नेपालको प्राविधिक विकासको एउटा महत्वपूर्ण कदम भएको बताएको छ। यसले नेपाली उद्योग र नवप्रवर्तनमा नयाँ ऊर्जा भर्ने विश्वास पनि लिइएको छ।


