तरुण खबर
१ भाद्र २०८२, आईतवार १२:२९
काठमाडाैं, १ भदाै । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले विभिन्न कसुरमा जेल सजाय काटिरहेका १२० जना नेपालीको बाँकी कैद सजाय माफ गरेको छ। अबुधाबीस्थित नेपाली दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा यूएई सरकारले उक्त निर्णय गरेको हो।
यस निर्णयपछि ती नेपाली नागरिकहरूले आफ्नो बाँकी कैद भुक्तान गर्नुपर्ने छैन। उनीहरूलाई स्वदेश फर्काउने प्रक्रियाबारे दूतावासले थप जानकारी गराउनेछ।


