चेक बाउन्स कसुरमा राजु गोर्खाली पक्राउ

चेक बाउन्स कसुरमा राजु गोर्खाली पक्राउ तरुण सम्वाददाता १ भाद्र २०८२, आईतवार १५:००
चेक बाउन्स कसुरमा राजु गोर्खाली पक्राउ

काठमाडौं । राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) पक्राउ परेका छन् । बैंकिङ कसुरको मुुद्दामा गोर्खाली पक्राउ परेका हुन् । १० करोड रुपैयाँको चेक बाउन्स कसुरमा गुन्डा नाइकेका रूपमा चिनिने गोर्खालीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले चन्द्रागिरी आसपासबाट पक्राउ गरेको हो ।

विभिन्न आपराधिक घटनामा यसअघि पक्राउ परिसकेका उनी सिन्धुपाल्चोकका हुन् । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय उनी कांग्रेसको राजनीतिसँगै ठेक्कापट्टालगायत विभिन्न व्यवसायमा संलग्न छन् । २०७९ को प्रतिनिधिसभा चुनावमा सिन्धुपाल्चोक २ को कांग्रेस कमिटीबाट गोर्खाली उम्मेदवार सिफारिसमा परे पनि टिकट पाएका थिएनन् ।

केही समयअघि मात्रै अर्का गुन्डा नाइके चक्रे मिलन पक्राउ परेका थिए । प्रहरीले उनलाई तीन साता हिरासतमा राखेर एक लाख २० हजार धरौटीमा छाडेको छ । अर्का गुन्डा नाइके एवं पूर्वसांसद दीपक मनांगे हाल कारागारमा छन् ।