मधेशमा शिक्षाको गुणस्तर सुधार गर्न प्रदेश सरकार गम्भिर छ : मुख्यमन्त्री

मधेशमा शिक्षाको गुणस्तर सुधार गर्न प्रदेश सरकार गम्भिर छ : मुख्यमन्त्री तरुण खबर ४ भाद्र २०८२, बुधबार ०१:२८
मधेशमा शिक्षाको गुणस्तर सुधार गर्न प्रदेश सरकार गम्भिर छ : मुख्यमन्त्री

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सरकार शिक्षाको गुणस्तर सुधारका लागि गम्भिर रहेको बताएका छन् ।

मंगलबार शिक्षा तथा संस्कृति मन्त्रालय मधेश प्रदेशद्वारा जनकपुरधाममा आयोजित एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने छात्र–छात्राहरुलाई साइकल वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले दिनानु दिन खस्किँदो शैक्षिक स्तर सुधारका लागि विद्यार्थी, शिक्षक, अभिभावक र सरोकारवालाको संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गरे । 

कमजोर नतिजाबीच पनि उत्कृष्ट उपलब्धि हासिल गर्ने विद्यार्थीलाई उनले बधाई दिँदै उज्ज्वल भविष्यको कामना गरे । उनले विगतमा मधेश प्रदेशको शिक्षा स्तरले देशव्यापी छुट्टै पहिचान बनाएको स्मरण गर्दै सो पहिचानलाई पुनः कायम गर्न प्रदेश सरकार योजनाबद्ध ढंगले अघि बढिरहेको जानकारी दिए ।

कार्यक्रममा मधेस प्रदेशको धनुषा, महोत्तरी, सप्तरी, सर्लाही र सिरहा जिल्लाका स्थानीय तहहरुमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने १ सय ४६ छात्र छात्राहरुलाई साइकल वितरण गरिएको थियो ।