तरुण खबर
४ भाद्र २०८२, बुधबार १२:०४
काठमाडाैं, ४ भदाै । नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्ने क्रम जारी छ। मंगलबार तोलामा १,२०० रुपैयाँले घटेको सुनको मूल्य आज (बुधबार) पनि १,६०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार भने सुन प्रतितोला १ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला २ हजार ३०० रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा ४५ रुपैयाँ घटेर २ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


