तरुण खबर
४ भाद्र २०८२, बुधबार १२:१४
काठमाडाैं, ४ भदाै । सरकारले नागरिक लगानी कोषको सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरेलाई नियुक्त गरेको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको आइतबारको निर्णय अनुसार घिमिरेलाई यो जिम्मेवारी दिइएको हो। अर्थमन्त्री पौडेलले बुधबार अर्थ मन्त्रालयमा नवनियुक्त अध्यक्ष घिमिरेलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका छन्।
घिमिरे नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, एमए र सार्वजनिक प्रशासनमा एमपीए गरेका छन्। केन्द्रीय बैंकमा आफ्नो सेवाकालमा उनले सूचना प्रविधि, मानव संसाधन, विदेशी विनिमय, बैंकिङ र अनुसन्धान लगायतका विभिन्न विभागहरूमा काम गरेको अनुभव छ।
नेपाल राष्ट्र बैंकमा लामो समय काम गरेको अनुभव भएका घिमिरेको आगमनले नागरिक लगानी कोषको व्यवस्थापन र वित्तीय कार्यक्षमतामा सुधार आउने अपेक्षा गरिएको छ।


