भायानेट दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर

भायानेट दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर तरुण खबर ४ भाद्र २०८२, बुधबार १२:४३
भायानेट दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर

काठमाडाैं, ४ भदाै । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट दोस्रो कर्पोरेट क्रिकेट लिग २०८२ को टाइटल स्पोन्सर बनेको छ। भेट्रान्स फोर्टी क्लबको आयोजनामा हुने यो प्रतियोगिता आगामी भदौ १३ देखि १६ गतेसम्म बूढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्क, चुनिखेलमा सञ्चालन हुनेछ।

प्रतियोगितामा विभिन्न २० कर्पोरेट टिम सहभागी हुँदैछन्। यसमा सानिमा जिआईसी इन्स्योरेन्स, नेपाल एसबिआई बैंक, जगदम्बा मोटर्स, प्राइम बैंक, आइएमई डिजिटल, महालक्ष्मी मोबाइल्स, लक्ष्मी सनराइज बैंक, केआइइसी, एनआइसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी विकास बैंक, क्वेस्ट फर्मास्युटिकल्स, प्रभु बैंक, सालिको, युनाइटेड अजोड इन्स्योरेन्स, स्प्राउट टेक, नेपाल बैंक र आइसिएफसी फाइनान्स लगायतका संस्थाहरूले भाग लिनेछन्।

भायानेट घरायसी इन्टरनेट सेवाका साथै कर्पोरेट क्षेत्रमा पनि आफ्नो सेवा विस्तार गर्दै आएको छ। कम्पनीले बैंक तथा वित्तीय संस्था, होटल, उद्योग, शैक्षिक संस्था र अन्य निजी क्षेत्रका संस्थाहरूलाई कनेक्टिभिटी सेवा प्रदान गर्दै आएको छ। कर्पोरेट क्रिकेट लिगको प्रायोजनमार्फत भायानेटले कर्पोरेट क्षेत्रसँगको सम्बन्धलाई अझ बलियो बनाउन चाहेको बताएको छ।

भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठले खेलकुदले कर्पोरेट क्षेत्रका विभिन्न साझेदारहरूसँगको सम्बन्धलाई मजबुत बनाउन ठूलो भूमिका खेल्ने बताए। उनले भायानेटले ‘Beyond Connectivity’ को दृष्टिकोण अपनाएर इन्टरनेट सेवाका साथै आईटी सोलुसन पनि प्रदान गर्दै आएको जानकारी दिए। यस प्रायोजनले कम्पनीलाई आफ्ना प्रमुख साझेदारहरूसँग नजिक हुने अवसर प्रदान गरेको उनको भनाइ छ।