कामना सेवा विकास बैंक र लेमन ट्री प्रिमियरबीच छुट सम्झौता

कामना सेवा विकास बैंक र लेमन ट्री प्रिमियरबीच छुट सम्झौता तरुण खबर ४ भाद्र २०८२, बुधबार १९:३४
कामना सेवा विकास बैंक र लेमन ट्री प्रिमियरबीच छुट सम्झौता

काठमाडाैं, ४ भदाै । काठमाडौंको बूढानीलकण्ठमा रहेको लेमन ट्री प्रिमियरसँग कामना सेवा विकास बैंकले आफ्ना ग्राहक र कर्मचारीहरूका लागि आकर्षक छुटसम्बन्धी सम्झौता गरेको छ।

यो सम्झौताअनुसार, बैंकका कर्मचारी र ग्राहकहरूले होटलका विभिन्न सेवाहरूमा विशेष छुट पाउने भएका छन्। यस सम्झौता अन्तर्गत, उनीहरूले अकोमोडेसन, खाना र पेय पदार्थमा १५ प्रतिशत र स्पामा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। यो सुविधा लिनका लागि बैंकसँग आबद्ध भएको प्रमाण देखाए पुग्नेछ।

बैंकले यो सहकार्यबाट आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरूलाई थप लाभ पुग्ने विश्वास लिएको छ। उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र होटलको तर्फबाट प्रमुख सञ्चालन अधिकृत यादव प्रसाद पाण्डेले हस्ताक्षर गरे।