तरुण खबर
५ भाद्र २०८२, बिहीबार १२:०१
काठमाडाैं, ५ भदाै । साताको चौथो दिन बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, हिजो तोलामा १,६०० रुपैयाँले घटेको सुनको मूल्य आज प्रति तोला १,३०० रुपैयाँले बढेको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ८०० रुपैयाँ पुगेको छ। बुधबार भने छापावाल सुन १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि बिहीबार तोलामा ३५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला २ हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ घटेर २ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।


