लक्ष्मी ग्रुपले ‘लक्सपिरियन्स २०२५’ प्रदर्शनी आयोजना गर्दै

लक्ष्मी ग्रुपले ‘लक्सपिरियन्स २०२५’ प्रदर्शनी आयोजना गर्दै तरुण खबर ५ भाद्र २०८२, बिहीबार १२:०५
लक्ष्मी ग्रुपले ‘लक्सपिरियन्स २०२५’ प्रदर्शनी आयोजना गर्दै

काठमाडाैं, ५ भदाै । नेपालको अग्रणी व्यापारिक समूह लक्ष्मी ग्रुपले यही २०८२ साउन ७ र ८ गते (शनिबार र आइतबार) ‘लक्सपिरियन्स २०२५’ नामक भव्य प्रदर्शनी आयोजना गर्ने भएको छ। यो प्रदर्शनी काठमाडौंको गैरीधारास्थित सिल्भर ओकमा बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछ।

यो प्रदर्शनीमा हुण्डाई, बिएमडब्लु, कायी र फोर्थिङ जस्ता प्रतिष्ठित ब्रान्डका सवारी साधनहरू राखिनेछन्। नेपालमा पहिलोपटक कुनै पनि अटो इभेन्टमा बिएमडब्लुको सहभागिता हुने भएकाले यो प्रदर्शनी कारप्रेमीहरूका लागि विशेष आकर्षण बनेको छ।

प्रदर्शनीमा सहभागी आगन्तुकहरूका लागि विशेष अफर, छुट, तत्काल कारको मूल्याङ्कन, र लोयाल्टी बोनसको व्यवस्था गरिएको छ। यसका साथै, सुविधाजनक फाइनान्स र इन्स्योरेन्स सेवाहरू पनि उपलब्ध हुनेछन्।

कार हेर्ने र किन्ने मात्र नभई, आगन्तुकहरूले नयाँ प्रविधि र मोडलहरूको प्रत्यक्ष अनुभव गर्न, ब्रान्डका प्रतिनिधिहरूसँग कुराकानी गर्न र व्यक्तिगत डिलहरू प्राप्त गर्ने मौका पनि पाउनेछन्। यसबाहेक, प्रदर्शनीलाई थप रोचक बनाउन नेल आर्ट, मेहेन्दी, निःशुल्क पौडी र अन्य मनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश गरिने आयोजकले जनाएको छ।