महावीर पुनले बेचे आफ्नो पुस्तक २ लाख ३० हजारभन्दा बढी प्रति

महावीर पुनले बेचे आफ्नो पुस्तक २ लाख ३० हजारभन्दा बढी प्रति तरुण खबर ६ भाद्र २०८२, शुक्रबार ०१:४२
महावीर पुनले बेचे आफ्नो पुस्तक २ लाख ३० हजारभन्दा बढी प्रति

राष्ट्रिय आविष्कार केन्द्रका संचालक महावीर पुनले आफ्नो आत्मकथा बेच्दै ५०० दिनमा पश्चिम महाकालीदेखि पूर्व मेचीसम्मको यात्रा पूरा गरेका छन्।

यस अवधिमा २ लाख ३० हजारभन्दा बढी किताब बिक्री भई करिब १२ करोड रुपैयाँ संकलन भएको छ। सो रकमले बीरगञ्जको कृषि औजार कारखाना मर्मत गरी नयाँ मेसिन थपिएको र अहिले ४० जनाले रोजगारी पाएको पुनले बताएका छन्।

सरकारले मागेको बजेट तथा श्रोतको नदिएपछि पुस्तक बिक्री गर्न उनी आफै मेची महाकाली अभियानमा निस्किएका थिए ।