युएई जेलमा हालसम्मकै धेरै नेपाली कैदीबन्दी भएको खुलासा

युएई जेलमा हालसम्मकै धेरै नेपाली कैदीबन्दी भएको खुलासा तरुण खबर ७ भाद्र २०८२, शनिबार १६:३२
युएई जेलमा हालसम्मकै धेरै नेपाली कैदीबन्दी भएको खुलासा

युएईका विभिन्न जेलमा हालसम्मकै बढी ४७३ नेपाली कैदीबन्दी रहेका छन् । दूतावासका अनुसार ३६ महिला र ४३७ पुरुष रहेका तीमध्ये अधिकांश लागूऔषध सेवन तथा ओसारपसारमा संलग्न आरोपमा छन् भने जाँड रक्सी, घरेलु विवाद, अवैध बसोबास, आर्थिक लेनदेन लगायतका मुद्दामा पनि परेका छन् । यसबीचमा केही आरोपित छुटेपछि यो हालसम्म उच्च नेपाली कैदीबन्दी भएको पाइएको छ ।

तस्बिर : सामाजिक सञ्जाल