तरुण खबर
९ भाद्र २०८२, सोमबार ११:१४
काठमाडाैं, ९ भदाै । हिन्दु नेपाली महिलाहरूको महान पर्व तीजको पूर्वसन्ध्यामा नेपाली बजारमा सुनको मूल्य सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर कारोबार भएको हो। यसले तीजमा गरगहना किन्ने तयारीमा रहेका ग्राहकहरूलाई केही राहत मिल्ने देखिएको छ।
महासङ्घले दिएको जानकारीअनुसार, सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सोही सुन १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यता, सुनको भाउ घटे पनि चाँदीको मूल्य भने बढेको छ। आइतबार तोलामा २ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ सोमबार ५ रुपैयाँ बढेर २ हजार ३५५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।


