तरुण खबर
९ भाद्र २०८२, सोमबार १४:२३
काठमाडाैं, ९ भदाै । नेको इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा क्षेत्रका लागि नयाँ अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै भदौ २२ गतेदेखि २४ गतेसम्म उक्त तालिम सञ्चालन गर्ने जानकारी दिएको हो।
तालिम कम्पनीको केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौंबाट भर्चुअल माध्यमबाट हुनेछ। इच्छुक सहभागीहरूले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने तालिममा सहभागी हुन सक्नेछन्। तालिममा सहभागी हुनका लागि न्यूनतम शैक्षिक योग्यता प्लस टु (कक्षा १२) उत्तीर्ण भएको हुनुपर्ने कम्पनीले जनाएको छ।



