नेपालको क्रिकेट टोलीले एसीटीलाई हरायो, अस्ट्रेलिया भ्रमणमा विजयी सुरुवात

नेपालको क्रिकेट टोलीले एसीटीलाई हरायो, अस्ट्रेलिया भ्रमणमा विजयी सुरुवात तरुण खबर १० भाद्र २०८२, मंगलवार १२:०८
नेपालको क्रिकेट टोलीले एसीटीलाई हरायो, अस्ट्रेलिया भ्रमणमा विजयी सुरुवात

काठमाडाैं, १० भदाै । अस्ट्रेलियाको अभ्यास भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) माथि ४१ रनको प्रभावशाली जित दर्ता गरेको छ ।

मंगलबार बिहान भएको खेलमा टस जितेर एसीटीले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङको मौका पाएको थियो । नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७७ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो ।

नेपालका लागि ओपनर आसिफ शेखले आक्रामक ब्याटिङ गर्दै ३९ बलमा ६९ रनको अर्धशतकीय पारी खेले । कप्तान रोहित पौडेलले २८ बलमा २६ रन र आरिफ शेख****ले १८ बलमा २४ रन जोडेर टोलीको स्कोर उकासे । यद्यपि, अन्य ब्याट्सम्यानहरूले भने ठूलो स्कोर बनाउन सकेनन् ।

१७८ रनको विजय लक्ष्य पछ्याएको एसीटीको टोली १७.२ ओभरमा १३६ रनमै अलआउट भयो । नेपालको उत्कृष्ट बलिङसामु एसीटीका ब्याट्सम्यानहरू टिक्न सकेनन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार, नेपाली टोलीले आफ्नो अस्ट्रेलिया भ्रमणका क्रममा अगस्ट २६ देखि ३० सम्म एसीटी र साउथ अस्ट्रेलिया क्रिकेट टिमसँग अभ्यास खेलहरू खेल्नेछ । यस क्रममा दुवै टोलीसँग दुई-दुई टी-२० खेल खेल्ने तालिका रहेको छ । यसका साथै, अगस्ट ३० मा नेपालले साउथ अस्ट्रेलिया क्रिकेट टिमसँग एक दिवसीय अभ्यास खेल पनि खेल्नेछ ।