सुनको भाउले बनायो नयाँ रेकर्ड, तोलाको १ लाख ९९ हजार पुग्यो

सुनको भाउले बनायो नयाँ रेकर्ड, तोलाको १ लाख ९९ हजार पुग्यो तरुण खबर ११ भाद्र २०८२, बुधबार ११:२६
सुनको भाउले बनायो नयाँ रेकर्ड, तोलाको १ लाख ९९ हजार पुग्यो

काठमाडाैं, ११ भदाैं । बुधवार नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमानी कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला रु. ३०० ले बढेर १ लाख ९९ हजार रुपैयाँ पुगेको हो।

यो मूल्य नेपाली बजारमा हालसम्मकै सबैभन्दा उच्च हो। मंगलबार सुनको भाउ १ लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

यसैबीच, आज चाँदीको मूल्य भने घटेको छ। प्रतितोला रु. १५ ले घटेर चाँदीको मूल्य २ हजार ३४५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी २ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो।