तरुण खबर
११ भाद्र २०८२, बुधबार ११:३१
काठमाडौं, ११ भदौ । झापा इनर्जी लिमिटेडले भदौ २० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर बाँडफाँट गरिसकेको थियो।
कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणका लागि कुल ४ लाख ७३ हजार ३३६ कित्ता शेयर निष्कासन गर्नेछ। यसमध्ये २८ हजार ५१४ कित्ता सामूहिक लगानी कोषका लागि र ११ हजार ४०६ कित्ता कर्मचारीका लागि छुट्याइएको छ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। यो आईपीओमा छिटोमा भदौ २४ गतेसम्म र ढिलोमा असोज ३ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि ३ लाख ८० हजार १९० कित्ता र विदेशमा रोजगारीमा रहेका नेपालीहरूका लागि ५७ हजार २९ कित्ता शेयर जारी गरिसकेको छ।


