प्रभु बैंकका ग्राहकलाई मार्फा प्यालेस होटलमा १५% छुट

प्रभु बैंकका ग्राहकलाई मार्फा प्यालेस होटलमा १५% छुट तरुण खबर ११ भाद्र २०८२, बुधबार ११:५५
प्रभु बैंकका ग्राहकलाई मार्फा प्यालेस होटलमा १५% छुट

काठमाडौं, ११ भदौ । प्रभु बैंक लिमिटेड र मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं. २ मा रहेको मार्फा प्यालेस होटल बीच व्यावसायिक साझेदारी भएको छ। यो सम्झौताअनुसार प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले होटलका विभिन्न सेवामा विशेष छुट पाउनेछन्।

सम्झौतापत्रमा प्रभु बैंकका तर्फबाट जोमसोम क्लस्टर प्रमुख तथा शाखा प्रबन्धक नरेन्द्र थकाली र मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजालले हस्ताक्षर गरेका छन्।

यो सम्झौतापछि प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिट/क्रेडिट कार्ड वा अन्य विद्युतीय माध्यमबाट बिल भुक्तानी गर्दा मार्फा प्यालेस होटलमा आवास, खाना र मनोरञ्जनजस्ता सेवाहरूमा १५ प्रतिशत छुट पाउनेछन्।

स्याउको राजधानी भनेर चिनिने मार्फा गाउँमा अवस्थित यो होटलले आरामदायी बसाइका लागि उत्कृष्ट वातावरण र सेवा प्रदान गर्दै आएको छ। यो साझेदारीले मुस्ताङको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने र प्रभु बैंकका ग्राहकहरूलाई पनि फाइदा हुने अपेक्षा गरिएको छ।