तरुण खबर
१२ भाद्र २०८२, बिहीबार १३:४०
काठमाडाैं, १२ भदाैं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्यमा फेरि वृद्धि गरेको छ। संघको कार्यकारिणी समितिले गरेको निर्णयअनुसार नयाँ मूल्य भदौ १५ गतेदेखि लागू हुनेछ, जसले उपभोक्तामा थप आर्थिक भार पर्ने देखिएको छ।
नयाँ मूल्यसूची:
यसअघि भदौ ४ गते मात्रै अण्डाको मूल्य समायोजन गरिएको थियो। त्यतिबेला ठूलो अण्डाको क्रेट मूल्य ५३० रुपैयाँ र मध्यम अण्डाको ५१५ रुपैयाँ तोकिएको थियो। दुई हप्ताभित्रै गरिएको यो दोस्रो मूल्यवृद्धि हो।
संघका अनुसार, चितवनबाट अण्डा बिक्री डिपोहरूमा पठाउँदा भाडा, कार्टुन र क्रेटसहित प्रति पेटी १३० रुपैयाँ अतिरिक्त खर्च लाग्ने गरेको छ।


