नेपाल बैंक र नुवाकोटको दुप्चेश्वर गाउँपालिकास्थित कोटबारी होटेलबिच छुट सम्झौता

नेपाल बैंक र नुवाकोटको दुप्चेश्वर गाउँपालिकास्थित कोटबारी होटेलबिच छुट सम्झौता तरुण खबर १३ भाद्र २०८२, शुक्रबार ०३:१७
नेपाल बैंक र नुवाकोटको दुप्चेश्वर गाउँपालिकास्थित कोटबारी होटेलबिच छुट सम्झौता

बैँक नेपाल बैंक लिमिटेड र नुवाकोटको दुप्चेश्वर गाउँपालिका– ७ स्थित कोटबारी होटेलबिच छुट सम्झौता भएको छ ।

बैंकमा कार्यरत कर्मचारी, कर्मचारीका परिवार र खातावाल ग्राहकलाई उक्त होटेलका सेवामा लाग्ने शुल्कमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र कोटबारी होटेलका महाप्रबन्धक आनन्दसिंह ठकुरीले हस्ताक्षर गरे ।

यससँगै बैंकका कर्मचारी, तिनका यरिवार र खातावालले होटेलका विभिन्न सेवाबापतको शुल्कमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।