तरुण खबर
१३ भाद्र २०८२, शुक्रबार १२:०८
काठमाडौं, १३ भदौ । नेपाल बीमा प्राधिकरणको नयाँ अध्यक्ष नियुक्त गर्न सरकारले तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी समितिको संयोजक रहेका छन्। सदस्यहरूमा अर्थ सचिव घनश्याम उपाध्याय र बीमा क्षेत्रका विज्ञ डा. खोमराज खरेल रहेका छन्।
गत साउनमा तत्कालीन अध्यक्ष शरद ओझालाई सरकारले पदमुक्त गरेपछि यो पद खाली भएको थियो। अब यो समितिले योग्य उम्मेदवारहरूको नाम सिफारिस गर्नेछ र त्यसैका आधारमा सरकारले नयाँ अध्यक्ष नियुक्त गर्नेछ।


