माछापुच्छ्रे बैंक लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बन्यो

माछापुच्छ्रे बैंक लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बन्यो तरुण खबर १३ भाद्र २०८२, शुक्रबार १९:१८
माछापुच्छ्रे बैंक लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बन्यो

माछापुच्छ्रे बैंक लिमिटेडको भदौं १३ गते बसेको संचालक समिति बैंठकले सेयरधनीहरुलाई चूक्ता पूँजीको ८ प्रतिशत लाभांश कर सहित वितरण गर्ने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृती र आगामि वार्षिक साधारण सभाबाट पारित भए पश्चात बैंकले आफ्ना सेयरधनिलाई ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर गरी जम्मा ८ प्रतिशत (कर सहित) लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यो सँगै माछापुच्छ्रे बैंक लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ ।