चिनियाँसंगको भेटमा प्रधानमन्त्री ओलीको अडान- लिपुलेक नेपालको भूमि हो

चिनियाँसंगको भेटमा प्रधानमन्त्री ओलीको अडान- लिपुलेक नेपालको भूमि हो तरुण खबर १४ भाद्र २०८२, शनिबार २१:३३
चिनियाँसंगको भेटमा प्रधानमन्त्री ओलीको अडान- लिपुलेक नेपालको भूमि हो

प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा छन् । नेपालका सबै नेता जनताको कौतुहलता थियो कि पछिल्लो समय चर्चामा आएको नेपाली भुभाग लिपुलेक बारे प्रधानमन्त्रीले केही कुरा निकाल्छन् की निकाल्दैननन् भनेर तर आज उनले पहिलो सम्बोधन मै त्यस विषयमा कुरा निकालेका छन् ।
चिनियाँसंगको भेटमा प्रधानमन्त्री ओलीको स्पष्ट  अडान- लिपुलेक नेपालको भूमि हो, भारत-चीन सम्झौतामा हाम्राे आपत्ति छ । ओलीले चीन भ्रमणका क्रममा राष्ट्रपति सी चिनफिङसँग भारत-चीनबीच लिपुलेक हुँदै भएको व्यापार सम्झौतामा औपचारिक आपत्ति जनाएका छन् । उनले लिपुलेक-लिम्पियाधुरा सुगौली सन्धि (१८१६) अनुसार नेपाली भू- भाग हो। भारतले चीनसँग युद्ध हुँदा मात्र त्यहाँ फौज राख्न नेपालबाट अस्थायी अनुमति पाएको थियो।
त्यसपछि कुनैपनि देशले नेपालको अनुमति बिना सम्झौता गर्न नपाउने स्पष्ट सन्देश चीनलाई दिएका छन्।ओलीले थपे, “भूगोल वा जनसंख्या जे भए पनि सार्वभौमिक अधिकार सबै देशको बराबरी हुन्छ। छिमेकीहरूले यसलाई बुझ्नुपर्छ। भारत-चीन व्यापार सम्झौता फिर्ता हुनुपर्छ र चीनले यस विषयमा नेपाललाई सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास छ।”