तरुण खबर
१६ भाद्र २०८२, सोमबार ११:४०
काठमाडाैं, १६ भदाै । पछिल्ला केही दिनदेखि नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ कीर्तिमान कायम गरिरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा रु १७०० ले बढेर प्रतितोला रु २ लाख ५ हजार ३०० पुगेको छ। यो नेपाली बजारमा सुनको अहिलेसम्मकै उच्च मूल्य हो।
हिजो मात्रै सुनको मूल्य तोलामा रु ३००० ले बढेर प्रतितोला रु २ लाख ३ हजार ६०० मा कारोबार भएको थियो। लगातारको यो वृद्धिले सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै गएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदीको मूल्य तोलामा रु ४५ ले बढेर प्रतितोला रु २४७० पुगेको छ। हिजो चाँदी प्रतितोला रु २४२५ मा कारोबार भएको थियो।


