प्रधानमन्त्री ओली र कम्बोडियाका समकक्षीबीच भेटवार्ता, द्विपक्षीय सम्बन्धबारे छलफल

प्रधानमन्त्री ओली र कम्बोडियाका समकक्षीबीच भेटवार्ता, द्विपक्षीय सम्बन्धबारे छलफल तरुण खबर १६ भाद्र २०८२, सोमबार १२:४८
प्रधानमन्त्री ओली र कम्बोडियाका समकक्षीबीच भेटवार्ता, द्विपक्षीय सम्बन्धबारे छलफल

काठमाडाैं, १६ भदाै । शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलनमा भाग लिन चीनको थियानजिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट सँग भेटवार्ता गरेका छन्।

सोमबार भएको भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, व्यापार तथा लगानीको विस्तार, र विभिन्न क्षेत्रमा सहयोग बढाउने विषयमा छलफल भएको छ। दुवै प्रधानमन्त्रीले उच्चस्तरीय भ्रमणको आदानप्रदान गरी द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि कुराकानी गरेका थिए।

भेटमा नेपालको तर्फबाट पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री छविलाल विश्वकर्मा र परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लगायतका उच्च अधिकारीहरू सहभागी थिए।