तरुण सम्वाददाता
१६ भाद्र २०८२, सोमबार १४:१४
काठमाडौं । समीर भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘बलिदान’ अमेरिकाका दुई सयभन्दा बढी हलहरूमा प्रदर्शनमा आउने भएको छ । निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार दशैंको फूलपातीका दिन रिलिज हुने यो चलचित्रले अमेरिकाका विभिन्न सहरमा एक हजारभन्दा बढी शो पाउने भएको छ ।
अमेरिकाको सबैभन्दा ठूलो सिनेमा चेन एएमसीमा पहिलोपटक नेपाली चलचित्र प्रदर्शन हुन लागेको छ । निर्माता सेनले सिनेमार्क, मार्कस र रिगल जस्ता अन्य प्रतिष्ठित सिनेमा चेनहरूमा सके बलिदान एक साथ प्रदर्शनमा आउने जानकारी गराएका छन् ।
‘(यो ऐतिहासिक क्षणलाई अझ महत्वपूर्ण बनाउने कुरा के हो भने, एएमसी अमेरिकाको सबैभन्दा ठुलो सिनेमा चेनमा पहिलोपटक नेपाली चलचित्र बलिदान प्रदर्शन हुँदैछ । त्योसँगै सिनेमार्क, मार्कस, रिगल जस्ता अन्य प्रतिष्ठित सिनेमा चेनहरूमासमेत बलिदान एकसाथ प्रदर्शन हुँदैछ, जसले नेपाली चलचित्रप्रेमी अमेरिकी दर्शकहरूको बीचमा अझ व्यापक बनाउनेछ,’ सेनले भनेका छन् ।
‘बलिदान’ एक्सन प्रधान चलचित्र हो । यसमा समीरका अलावा सन्तोष सेन, विराज भट्ट, हेमन्त बुढाथोकी जस्ता कलाकारको अभिनय रहेको छ ।


