सुन र चाँदीको मूल्यमा नयाँ कीर्तिमान: मंगलबार सुन तोलाको रु २ लाख ५ हजार ९०० पुग्यो

सुन र चाँदीको मूल्यमा नयाँ कीर्तिमान: मंगलबार सुन तोलाको रु २ लाख ५ हजार ९०० पुग्यो तरुण खबर १७ भाद्र २०८२, मंगलवार ११:२७
सुन र चाँदीको मूल्यमा नयाँ कीर्तिमान: मंगलबार सुन तोलाको रु २ लाख ५ हजार ९०० पुग्यो

काठमाडाैं, १७ भदाै । पछिल्ला केही दिनयता नेपाली बजारमा सुन र चाँदीको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार पनि दुवै धातुको मूल्यमा वृद्धि भएको छ।

आज छापावाला सुनको मूल्यमा प्रति तोलामा ६०० रुपैयाँको वृद्धि भई २ लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार यसको मूल्य तोलाको २ लाख ५ हजार ३०० रुपैयाँ थियो।

यसैगरी, चाँदीको मूल्यले पनि आज नयाँ कीर्तिमान कायम गरेको छ। तोलामा १५ रुपैयाँको वृद्धि भएपछि चाँदी २ हजार ४८५ रुपैयाँमा खरिद-बिक्री भइरहेको छ। सोमबार चाँदीको मूल्य २ हजार ४७० रुपैयाँ थियो।