तरुण खबर
१७ भाद्र २०८२, मंगलवार १२:१०
काठमाडाैं, १७ भदाै । नेपाल एसबिआई बैंक लिमिटेडले ‘इन्डियन च्याम्बर अफ कमर्स’ द्वारा बैंक तथा वित्तीय संस्थाहरूलाई प्रदान गरिने तीन प्रतिष्ठित पुरस्कारहरू प्राप्त गरेको छ।
बैंकले ‘बेस्ट पर्फमेन्स अन रिस्क म्यानेजमेन्ट’, ‘बेस्ट बैंक’ र ‘बेस्ट पर्फमेन्स अन एसेट क्वालिटी’ गरी वाणिज्य बैंकतर्फका तीन विधामा यो सम्मान प्राप्त गरेको हो।
भारतको नयाँ दिल्लीमा आयोजित तेस्रो ‘इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२५’ कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीले उक्त पुरस्कार ग्रहण गर्नुभएको थियो।
यी पुरस्कारहरूले बैंकको जोखिम व्यवस्थापनमा उत्कृष्ट अभ्यास, सञ्चालनमा उत्कृष्टता र सम्पत्तिको गुणस्तर कायम राख्ने प्रतिबद्धतालाई प्रमाणित गर्दछन्।
नेपाल एसबिआई बैंक विगत ३२ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।


